News ललितपुर जिल्लाको बुंगमतीमा अवस्थित सुनाकोठी मैदानमा रातो मछिन्द्रनाथ कप सोमबारबाट सुरु
गोलनेपाल

ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर २२ बुंगमतीमा अवस्थित सुनाकोठी स्पोर्टिङ क्लबको 7A side फुट्सल मैदानमा लक्की स्टार युथ क्लबले आयोजना गरिरहेको रातो मछिन्द्रनाथ कप २०८३ सोमबारबाट भव्यताका साथ सुरुवात भएको छ। ललितपुर जिल्ला स्तरीय अन्तर विद्यालय फुड्सल प्रतियोगितामा ललितपुर भित्रका कुल ४१ वटा विद्यालयहरूको सहभागिता रहेको छ।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगिता अन्तर्गत सोमबार समूह चरणका १२ वटा खेलहरू सम्पन्न भएका छन्।

सहभागी ४१ विद्यालयहरूलाई १६ वटा ग्रुपमा विभाजन गरी हरेक समूहको विजेता र उपविजेता प्रतियोगिताको राउन्ड अफ ३२ यानिकी नकआउट चरणमा प्रवेश गर्ने तालिका छ।

समूह ए तर्फबाट कल्याण स्कुल जसले खेलेका दुई खेलमध्ये दुवै खेलमा स्पष्ट जित हासिल गर्दै ६ अङ्कका साथ समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो। त्यसैगरी समूह उपविजेताको रूपमा श्रमिक शान्ति स्कुलले पनि नकआउट चरण प्रवेश गरेको छ।

त्यसैगरी समूह ई तर्फबाट पवन प्रकृति स्कुल ग्रुप विजेता बन्दा ईमराल्ड इङ्ग्लिस स्कुल उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेका हुन्। दुई टोलीहरू मात्रै रहेको यस समूहमा पवन प्रकृति स्कुलले ईमराल्ड स्कुललाई २-० गोलले हराएको थियो।

त्यसैगरी समूह एफबाट सोमाङ स्कुल समूह विजेता बन्दा अस्मिता स्कुल उपविजेताको रूपमा नकआउट चरण प्रवेश गरेका हुन्। दुई टोलीहरू मात्रै भएको यो समूहमा सोमाङ स्कुलले अस्मिता स्कुललाई ३-० गोल अन्तरले पराजित गरेको थियो।

समूह जि तर्फबाट पद्मप्रकाश स्कुल ग्रुप विजेताभन्दा श्री शिद्धि मङ्गल स्कुल उपविजेताको रुपमा नकआउट चरण पुगेको छ। यस समूहमा पनि दुई टोलीहरू मात्रै रहेका थिए जसमा पदमा प्रकाशले श्रीशिद्धिलाई १-० गोलले पराजित गरेको थियो।

समूह एच तर्फबाट श्री महेन्द्र आदर्श स्कुल ग्रुप विजेताभन्दा जन उदय सेकेन्डरी स्कुल उपविजेतामा सीमित रह्यो। दुई विद्यालय रहेको उक्त ग्रुपमा श्री महेन्द्र आदर्श स्कुलले जन उदय सेकेन्डरी स्कुललाई १-० गोलको नतिजामा पराजित गरेको थियो।

ग्रुप अफ डेथको रूपमा रहेको ग्रुप एलबाट निर्भना सेकेन्डरी स्कुल समूह च्याम्पियन हुँदै नकआउट चरण प्रवेश गर्दा गत संस्करणको विजेता ब्लुवर्ड उपविजेता हुँदै नकआउट चरण प्रवेश गरेको छ। निर्वनाले ब्लुवर्ड र एभिएम स्कुल दुबैलाई पराजित गरेको थियो। त्यसैगरी ब्लुबर्डले एभिएमलाई पराजित गर्यो।

त्यसैगरी ग्रुप एमबाट सहिद धर्मभक्त स्कुल समूह विजेता बन्दै नकआउट चरण प्रवेश गर्दा बाल विकास स्कुल उपविजेताको रूपमा नकआउट प्रवेश गरेको छ। यी दुई टोलीहरू मात्रै रहेको यस ग्रुपमा सहिद धर्मभक्त स्कुलले बालविकासलाई ४-० गोलले पराजित गरेको थियो।

मङ्गलबार पनि समूहचरण र नकआउट गरी कुल १२ खेलहरू सञ्चालन हुनेछन्।

Post Comments