News बागमती प्रदेश लिगः पशुपति शिवाजि चित्लाङ एफसी सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौँडा । यहाँ जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौंको पशुपति शिवाजी चित्लाङ फुटबल क्लबले समूह चरणको खेलमा दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा काठमाडौंले चितवनको हनामी भरतपुर फुटबल क्लबलाई २–० गोलअन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा काठमाण्डौका सुजित बुढाथोकी खेलको म्यान अफ द म्याच भए ।

आइतबार नै भएको दोस्रो खेलमा मकवानपुरको पदमोखरी युथ क्लब र ललितपुरको लक्की स्टार फुटबल क्लबबीचको खेलमा लक्की स्टार क्लबले मकवानपुरको पदमपोखरी फुटबल क्लबलाई २ – १ गोल अन्तरले पराजित गर्यो । खेलमा ललितपुरका डेभिड याक्चेन खेलको म्यान अफ द म्याच भघोषित भए ।

प्रतियोगिता अन्तर्गत पुष १५ गते सोमबार समूह चरणको अन्तिम खेलहरु हुनेछन् । पहिलो खेलमा सिन्धुली र सिन्धुपाल्चोक भिड्ने छन् भने दोस्रो खेलमा धादिङले ललितपुरको सामना गर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को संयोजन तथा बागमती प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । लिगकम नकआउटका आधारमा जारी प्रतियोगिताको फाइनल खेल पुष २० गतेका दिन हुनेछ ।

 

 

Post Comments