News बागमती प्रदेश लिगः चितवन र घरेलु टोली मकवानपुरको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । यहाँ जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा शुक्रबार चितवन र मकवानपुरले जित हात पारेका छन् ।

हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा चितवनको हनामी भरतपुर फुटबल क्लबले काभ्रेको माउन्ट एभरेष्ट क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो । चितवनको लागि अमन चाैधरी र सदिप केसीले गोल गरे भने माउन्ट एभरेष्टको लागी बिशेष लामाले एक मात्र गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच काभ्रेका बिशेष लामा घोषित भएका भए । उनले पुरस्कार वापत नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

त्यस्तै दोस्रो खेलमा मकवानपुरको पदमपोखरी युथ क्लबले धादिङको धुनिबेशी युथ समाज लाई @–! गोल अन्तरले पराजित गरेको छ । पदमपोखरीको जितमा प्रितम स्याङबो र महेश वाईबाले गोल गरे भने धुनिबेशीको लागी श्री कृष्ण रेग्मीले एक गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच मकवानपुरका सुजन खत्री घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

 
Post Comments