News फाल्गुनन्द गोल्डकपः चर्च ब्वाइज युनाइटेड उपाधि नजिक
गोलनेपाल

फिदिम । पॉचथरको सदरमुकाम फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

फिदिम मा.वि.को खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पहिलो हापको ४२ मिनेटमा दिनेश शेर्माको गोल मार्फत आयोजकले अग्रता बनाएको थियो । पहिलो हापको ४६ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

दोस्रो हापमा चर्च ब्वाईजका विदेशी खेलाडी अरमान्ड र फोफोना अबयोमीले गोल गर्दै टिमलाई फाइनल पुर्याएका हुन । खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका फोफोना अबयमी घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत पुष १३ गते शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा न्युरोडटिम (एनआरटी) र मच्छिन्द्र फुटबल क्लब भिढ्ने आयोजकले जानकारी दियो ।

पुस ६ गते देखि सुरू भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ । दश टिम सहभागी रहेको गोल्डकपको विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछ । फिदिम नगरपालिका प्रवद्धक रहेको गोल्डकपको आयोजना फिदिम स्पोर्टिङ क्लबले गरेको हो ।

Post Comments