News
पञ्चायन प्रथम सतिसाले च्यालेञ्ज कपको फाइनलमा

केराबारी । झिनो अन्तरको जितका साथ पञ्चायन फुटबल क्लब, रामधुनी जारी प्रथम सतिसाले च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा पञ्चायनले पानबारी फुटबल क्लब, धरानलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । पञ्चायनको जितमा सन्दिप लिम्बुले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता सन्दिप नै खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत पुष ७ गते आइतबार हुने फाइनलमा चुलाचुली स्र्पोटिङ क्लब, दमक र पञ्चायन उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News