
हेटौडा । एन्फाको बार्षिक क्यालेन्डर अनुसार बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौडामा हुने दोस्रो संस्करणको वाग्मती प्रदेश लिग फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोलनेपाल डटकमले गर्ने भएको छ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा यही पुस १० देखि २० गतेसम्म हुने प्रतियोगितामा बागमती प्रदेश भित्रका जिल्ला लिग बिजेता टिमले लिगमा सहभागी हुनेछन ।
जसमा पदमपोखरी युवा क्लब (मकवानपुर), बीएफसी (चितवन), धुनिबेसी युथ समाज (धादिङ), बट्टार युथ क्लब (नुवाकोट), चित्लाङ फुटबल क्लब (काठमाडौं), थिमी युथ क्लब (भक्तपुर), माउण्ट एभरेस्ट एफसी (काभ्रे), चौतारा स्पोर्टिङ (सिन्धुपाल्चोक), टाइगर टिम (दोलखा), ब्लु अल्पाइन (सिन्धुली) र ललितपुर क्लबको सहभागिता रहनेछ ।
लिगकम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउने मौका प्राप्त गर्ने आयोजक संघका महासचिब लबराज ठकुरीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)