News
वडा अध्यक्ष कप यु–१५ फुटबल प्रतियोगिता शुरु, पहिलो दिन पाँच खेलहरु सम्पन्न

हेटौडा । पिप्ले युवा क्लब, हेटौडा–५, पिप्ले, मकवानपुरको आयोजनामा बिहीबारदेखि वडा अध्यक्ष कप यु–१५ फुटबल प्रतियोगिता शुरु भएको छ । पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगिताको पहिलो दिन कुल पाँच खेलहरु सम्पन्न भए ।
दिनको पहिलो खेलमा नागस्वती फुटबल एकेडेमीले हर्नामाडी सृजनशिल क्लबलाई पराजित गरेको छ । दोस्राे खेलमा दिव्य स्पोर्टस एकेडेमीले पन्चशिल क्लबलाई हरायो ।
त्यस्तै तेस्रो खेलमा बार्सा हेटाैडाले पिप्ले युवा क्लबको युथ १३ टिमलाई पराजित गरेको छ । चाैथो खेलमा देबनगर फुटबल क्लबले चाैघडा फुटबल एकेडेमीलाई पराजित गर्यो । पाचाै खेलमा पिप्ले युवा क्लबले शिखर क्लब थाहा नगरपालिकालाई पराजित गरेको छ ।
वडा न ५ को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश खेलकुद बिकाश परिषदका सदस्य सचिव दिपक लामाले गरेका थिए । प्रतियोगितामा मकवानपुर सहित बारा, पर्सा, चितवनको गरि कुल २० टिमहरुको सहभागिता रहेको छ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा