News आठौं पाङ्मा कपः तुम्लिङटार र खाँदबारीको जित
गोलनेपाल

खाँदबारी । यहाँ शुरु भएको आठौं पाङ्मा कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत तुम्लिङटार स्र्पोटिङ क्लब र खाँदबारी युथ क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

तुम्लिङटारले तीनपोखरी समाज विकास क्लबलाई २–० ले हरायो । टुम्लिङटारको जितमा सिजन राई र रमित बिकले गोल गरे । टुम्लिङटार कै सिजल राई खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

त्यस्तै अर्को खेलमा खाँदबारीले सभापोखरी फुटबल क्लबलाई ३–० ले हरायो । खाँदबारीका लागि अजित राईले दुई गोल गर्दा योगेश बोम्जनले थप एक गोल गरे । खेलमा दुई गोल गरेका खाँदबारीका अजित राई म्यान अफ दि म्याच चुनिए ।

लोहोरुङ क्लब, खाँदबारी–४, संखुवासभाको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल पुष १ गतेका दिन हुने आयोजकले जानकारी दियो ।

Post Comments