News
त्रियुगा स्पोर्टस सेमिफाइनलमा

बेलका । झिनो अन्तरको जितका साथ त्रियुगा स्पोर्टस क्लब, फतेपुर, सप्तरी यहाँ जारी प्रथम मैनारानी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनलतर्फ त्रियुगा स्पोर्टसले टेम्के फुटबल क्लब, धरानलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
त्रियुगाको जितमा सुनिल खड्काले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा निर्णायक गोल गरेका त्रियुगाका सुनिल खड्का नै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
Post Comments