News लेभल अप क्वाटरफाइनमा प्रवेश
गोलनेपाल

सिमरा । लेभल अप फूटबल क्लब, मकवानपुर यहाँ जारी महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरेको छ ।

जीतपुरसिमरा १६ स्थित महेन्द्रनगर खेल मैदानमा सम्पन्न खेलमा लेभल अपले मित्र युवा क्लब, डकाहालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमाप्रवेश गरेको हो ।

लेभल अपको जितमा अनुप रानामगरले निर्णायक गोल गरे । अनुपले इन्जुरी समयमा गोल गर्दै टिमलाई महत्वपूर्ण जित दलाएका थिए । अन्तिम एक मिनेट सम्हालिन नसक्दा स्थानीय टिम प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

निर्णायक गोल गरेका लेभल अपका अनुप प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत शनिबार डुमरवाना भेट्रान्स र चकरी फूटबल क्लबबीच खेल हुनेछ ।

महेन्द्रनगर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

Post Comments