News जीतपुरसिमरा स्पोर्ट्स क्वाटरफाइनलमा
गोलनेपाल

सिमरा । रामनगर फूटबल क्लबलाई पराजित गर्दै जीतपुरसिमरा स्पोर्ट्स क्लब जारी महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा स्पोर्ट्स क्लबले रामनगरलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो ।

जीतपुरसिमरा १६ स्थित महेन्द्रनगर खेल मैदानमा बिहीबार भएको खेलको निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल सिधै टाइब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकमा जीतपुरसिमराका लागि सागर लामा, सुहम रुम्बा र रुवेन तामाङले गोल गरे । रामनगरका लागि भने बलिराम चौधरी, जयकान्त चौधरी गर्दा कप्तान बिशाल चौधरीको प्रहार विपक्षी गोलरक्षक निरज लामाले बचाउ गरेका थिए ।

यसअघि निर्धारित समयमा जीतपुरसिमराका लागि सागर लामा र रामनगरका लागि लक्ष्मी चौधरीले गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच जीतपुरसिमराका गोलरक्षक निरज लामा घोषित भए ।

Post Comments