News बी डिभिजन लिग माघ दोस्रो सातादेखि (पत्रसहित)
गोलनेपाल

काठमाडौं । पछिल्लो समय यता अनिश्चित बनेको शहिद स्मारक बी डिभिजन लिग पनि यसै वर्ष हुने भएको छ । त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आधिकारिक रुपमा जानकारी समेत गराएको छ ।

एन्फाका अनुसार बी डिभिजन लिग आउँदो माघ १३ गतेदेखि शुरु हुनेछ । लिगका लागि यही मंसिर २१ गतेसम्म क्लब दर्ता गर्नुपर्ने समेत एन्फाले जनाएको छ । त्यस्तै मंसिर २३ र २४ गते फिफा कनेक्ट वर्कशप हुनेछ । जसमा क्लबहरुले फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत खेलाडी दर्ता गर्न सक्नेछन् ।

त्यस्तै मंसिर २५ र २६ गतेका दिन क्लब लाइसेन्सिङ वर्कशप हुनेछ भने पुष १३ गतेका दिन प्रतियोगिताको खेलतालिका प्रकाशन गरिने एन्फाले जानकारी दिएको छ ।

विस्तृत पत्रमा पढ्नुहोस्:

Post Comments