News
रुकुम पश्चिममा शीतल चौरजहारी B-67 कप हुँदै
चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भव्य रूपमा 'शीतल चौरजहारी B-67 कप' खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। 'शीतल चौरजहारी B-67, रुकुम पश्चिम' को आयोजनामा हुन लागेको यस प्रतियोगितामा मुख्य दुई विधाका खेलहरू समावेश गरिएका छन्।
"खेलकुदले जोड्छ हाम्रो समाजलाई..." भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस खेलकुद महोत्सव अन्तर्गत खुला नकआउट फुटबल प्रतियोगिता र खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ।प्रतियोगिता अन्तर्गतको पहिलो मुख्य आकर्षण खुला नकआउट फुटबल प्रतियोगिता रहेको छ।
यस विधामा प्रथम स्थान हासिल गर्ने विजेता टोलीले आकर्षक नगद पुरस्कार रु. २,३०,१६७ (दुई लाख तीस हजार एक सय सटसट्ठी रुपैयाँ) प्राप्त गर्नेछ। त्यसैगरी, दोस्रो स्थानमा चित्त बुझाउने उपविजेता टोलीलाई नगद रु. १,३०,१६७ (एक लाख तीस हजार एक सय सटसट्ठी रुपैयाँ) पुरस्कार प्रदान गरिनेछ।
फुटबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क रु. १५,००० तोकिएको छ।यसैगरी, प्रतियोगिताको दोस्रो विधाको रूपमा खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ। ब्याडमिन्टनतर्फ प्रथम हुने खेलाडी वा जोडीले नगद रु. २५,००० र द्वितीय हुनेले नगद रु. १५,००० पुरस्कार हात पार्नेछन्। यस विधामा सेमिफाइनलसम्म पुग्ने खेलाडीहरूका लागि पनि नगद रु. ५,००० को व्यवस्था गरिएको छ। ब्याडमिन्टन प्रतियोगितामा भाग लिनका लागि दर्ता शुल्क रु. २,००० निर्धारण गरिएको छ।
खेलमा सहभागी हुन चाहने टोली तथा खेलाडीहरूका लागि दर्ता अवधि २०८३ असोज २५ गतेदेखि कार्तिक १० गतेसम्म तोकिएको छ। दर्ता प्रक्रिया सकिए लगत्तै खेलकुद प्रतियोगिताहरू सुरु हुनेछन्, जसअन्तर्गत फुटबल प्रतियोगिता २०८३ कार्तिक ११ गतेदेखि र ब्याडमिन्टन प्रतियोगिता २०८३ कार्तिक १३ गतेदेखि विधिवत रूपमा सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ। स्थानीय स्तरमा खेलकुदको विकास र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले यो बृहत प्रतियोगिता आयोजना गरिएको हो।
Post Comments