
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत पाँचौं चरणको खेल जारी रहँदा दावेदार एपिएफ फुटबल क्लबले लिगतालिकामा स्थान कब्जा गरेको छ ।
आइतबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशमाथि शून्यका विरुद्ध ६ गोलको जित निकाल्दै शिर्ष स्थानमा आफ्नो पकड बनाएको हो । एपिएफका लागि रश्मी घिसिङले दुई गोल गर्दा रजनी थोकर, गीता राना र हेमा रावतले एक–एक गोल गरे । तप एक गोल भने कर्णालीकी बर्षा ओलीले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् ।
यो जितपछि ५ खेलबाट १३ अंक जोडेको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ । पराजित कर्णाली भने ५ खेलबाट १ अंक मात्र जोडेको छ र लिगतालिकाको पुछारतिर संघर्षरत छ ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा बागमती युवा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि ५ खेलबाट बागमतीको खातामा ४ अंक छ भने चन्द्रपुरको खातामा ६ अंक भएको छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने