सिमरिया च्यालेञ्ज कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

दुहबी । संयुक्त युवा क्लब, दुहबी–१०, सिमरिया, सुनसरीको आयोजनामा यही असार २३ गतेदेखि शुरु हुन गईरहेको सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

दुहबी–१० सिमरिया स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा असार २३ गतेका दिन मेमोरी युवा क्लब, सोनापुर गछिया फुटबल क्लब, गछियाबीच हुने खेलतालिकामा तालिकामा उल्लेख छ ।

दुहबी नगरपालिका वडा नम्बर १० को कार्यालयको संयोजनमा हुन गईरहेको प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् । साथै प्रतियोगिताको फाइनल खेल असार ३२ गतेका दिन हुनेछ ।

तावाचे ब्रिक एण्ड टायल्स प्रा.लि., दुहबी–१०, सिमरिया, सुनसरीको प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments