झापा सुपर कप इजरायल २०२५ को प्लेअफ ब्र्याकेट सार्वजनिक
गोलनेपाल

इजरायलमा नेपाली समुदायबीच ठूलो उत्साहका साथ हुन गइरहेको ‘झापा सुपर कप इजरायल २०२५’ को प्लेअफ ब्र्याकेट सार्वजनिक गरिएको छ।

झापा फुटबल क्लब इजरायलको आयोजनामा सन् २०२५ जुलाई १८ र १९ मा हुने यस ९-A साइड पुरुष फुटबल प्रतियोगितामा इजरायलभरिबाट नेपाली समुदायका आठ उत्कृष्ट टिमहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा सहभागी टिमहरू हुन्: झापा FC, Lion TLV, United Darjeeling (DJ), KYC FC, Rising FC, 7Star Haifa, Kayapalat FC र Manipur FC

प्रतियोगिताको पहिलो दिन (जुलाई १८) को खेल तालिका:

  • ५:०० PM: झापा FC vs Lion TLV

  • ६:०५ PM: Rising FC vs 7Star Haifa

  • ७:१० PM: United DJ vs KYC FC

  • ८:१५ PM: Kayapalat FC vs Manipur FC

सेमिफाइनल खेलहरू:

  • ९:२० PM: पहिलो र तेस्रो खेलका विजेताबीच

  • १०:२५ PM: दोस्रो र चौथो खेलका विजेताबीच

फाइनल खेल:

  • जुलाई १९ बिहान १०:०० बजे, सेमिफाइनल विजेताबीच उपाधिका लागि भिडन्त हुनेछ।

प्रतियोगिताको प्रायोजक झापाली समाज इजरायल रहनेछ। आयोजकले यो प्रतियोगिता खेलकुदमार्फत आपसी भाइचारालाई प्रगाढ बनाउने, खेलप्रतिको रुचि अभिवृद्धि गर्ने तथा नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको जनाएका छन्।

समुदायस्तरमा आयोजना हुने यस प्रकारको फुटबल प्रतियोगिता इजरायलस्थित नेपालीहरूका लागि मिलनको माध्यम, सहकार्यको अवसरराष्ट्रिय गर्वको स्रोत बन्ने विश्वास गरिएको छ। खेलप्रेमी, समर्थक र सम्पूर्ण नेपाली समुदायलाई प्रतियोगितामा सहभागी भई सफल बनाउन आयोजक समितिले आग्रह गरेको छ।

Post Comments