
काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनुभवी युवा प्रशिक्षक नबिन न्यौपाने नियुक्त भएका छन् ।
न्यौपानेलाई बुधबार एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक महासचिव दामोदर भट्टराईले नियुक्तिपत्र हस्तान्तरण गरे । सो अवसरमा एन्फाका केन्द्रिय सदस्य पुरुषोत्तम थापा, मनिष जोशी र सिइओ इन्द्रमान तुलाधरको समेत उपस्थिति रहेको थियो ।
नेपाली फुटबलमा नबिन न्यौपाने त्यति नौलो नाम भने होईन । न्यौपानेले यसअघि राष्ट्रिय पुरुष फुटबल टोलीको अन्तरिम प्रशिक्षकका रुपमा समेत काम गरिसकेका छन् । त्यसबाहेक घरेलु फुटबलका चर्चित क्लबहरु मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, फ्रेन्चाईज लिगतर्फ एफसी चितवन र पोखरा थन्डर्सको पनि मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
स्मरण रहोस, नेपालले आउँदो सेप्टेम्बर ३ देखि ९ तारीखसम्म हुने एएफसी यु–२३ एसियन कप छनौट खेल्ने कार्यक्रम रहेको छ । छनौट प्रतियोगिातर्फ समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसहित सिरिया र फिलिपिन्ससँग खेल्ने कार्यक्रम छ ।
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न