काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले आफ्नो जितको लयलाई कायम राख्दा वालिङ नगरपालिका, स्याङले पनि उत्कृष्ट जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा कोशीले बागमती युथ क्लब, सर्लाहीलाई २–१ ले हरायो । कोशीका लागि समिक्षा मगरले एक गोल गर्दा अर्को गोल दिव्या यसमालीले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् । त्यस्तै बागमतीका लागि भने बिष्णु माया बलले गोल गरेकी थिईन् ।
लगातार दोस्रो जित हात पारेको कोशी प्रदेश शतप्रतिशत जितका साथ शिर्षताको होडमा छ । बागमतीको भने समान दुई खेलबाट ३ अंक मात्र छ ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा वालिङले कर्णाली प्रदेशमाथि ४–० को एकतर्फी जित निकाल्यो । वालिङका लागि अफ्रिकी खेलाडी क्याकलिन नसालीले ह्याट्रिक गरिन भने थप एक गोल शुक्रिया मियाले गरेकी थिईन् ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)