News
दोस्रो जोहोर कप हुँदै
काठमाडौं । जेबियु फुटबल क्लब, मलेसियाको आयोजनामा आउँदो सेप्टेम्बर १५ र १६ तारीखका दिन दोस्रो जोहोर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
मलेसियामा रहेका प्रवासी नेपालीहरु बीच हुने प्रतियोगितामा नेपाली समुदायका फुटबल क्लबहरुले सहभागिता जनाउन पाउने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार मलेसियन रिंगेट हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले १२ हजार रिंगेट हात पार्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ६ हजार रिंगेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी विधागतर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक र उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग
- मलेसियन लिगमा निशा र हिराको गोल