News
न्यू ब्वाइज एफसीलाई उपाधि
युएई । यहाँ आयोजित ग्रीन सिटी गोल्ड कप २०२४ को उपाधि न्यू ब्वाइज एफसीले जितेको छ । न्यू ब्वाइजसँग फाइनल खेलमा लालीगुराँस एफसी स्तब्ध बनेको हो ।
शनिबार राति युएईको दुबईमा भएको ग्रीन सिटी गोल्डकप २०२४ को फाइनलमा न्यू ब्वाइज एफसीले पेनाल्टी सुटआउटमा ६-५ गाेलअन्तरमा लालीगुराँस एफसीलाई जितेको हो । निर्धारित समयमा दुवै टिमले गाेलरहित बराबरी खेलेका थिए ।
विशाल तामाङ प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले २ सय दिराम (नेपाली १० हजार) नगद पाए । सर्वाधिक गाेलकर्ता आशिष ज्ञवाली भए । विजेता न्यू ब्वाइज एफसीले ३ हजार पायो भने उपविजेताले २ हजार दिराममा चित्त बुझायो । गोल्डकपमा १६ टिमको सहभागिता रहेको केशव बराइलीले जानकारी दिए ।
Post Comments
Related News
- अञ्जिलालाई हङकङमा सम्मानसहित रकम हस्तान्तरण
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग