Gorkhalis Abroad
एन पेनाङ एफसीले आशिष राईका लागि करिब १२ लाख रुपैयाँ जुटायो
काठमाडौं । मलेसियामा एन पेनाङ एफसी ले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजमार्फत २१,१४४ मलेसियन रिङ्गिट (करिब रु ७,८४,१६१) संकलन गरेको छ।
यससँगै अष्ट्रेलियास्थित नेपबोर्न एफसीबाट थप रु ४ लाख सहयोग प्राप्त भएपछि कुल रकम करिब रु ११,८४,१६१ पुगेको छ।
घाइते नेपाली फुटबलर आशिष राईको उपचार सहयोगार्थ सञ्चालन गरिएको अभियानमा खेलाडी, समर्थक तथा विभिन्न क्लबहरूको उल्लेखनीय साथ रह्यो।
हिमालयन vs एन पेनाङ, एन पेनाङ vs नेपबोर्न एफसी तथा एन पेनाङ एफसी vs हिमालयन एफसी लगायतका खेलमार्फत रकम संकलन गरिएको हो। साथै, यस अभियानअन्तर्गत एन पेनाङ एफसी भेटेरान्स, झापा र नेपबोर्न एफसी भेटेरान्स बीच सम्पन्न मैत्रीपूर्ण खेलबाट पनि सहयोग रकम उठाइएको हो।
यस अभियानको सुरुवात गर्ने एन पेनाङ एफसीका अध्यक्ष अंकित थापा मगर प्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।
आशिष राईको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, नेपाली फुटबल समुदायले देखाएको एकता र सहयोगप्रति उच्च प्रशंसा व्यक्त गरिएको छ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश