News हेमजा भेट्रान्स कप: वडा ६, १० र २५ क्वाटरफाईनलमा
उमेश पुन

हेमजा । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेलहरु सम्पन्न भएका छन ।

जसमा वडा न. ६ ले वडा न. १५ लाई २–० र वडा न.१० ले वडा नं २० लाई ३–१ तथा वडा नं २५ ले वडा नं २९ लाई ५–२ को गोल अन्तरले हराउँदै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

यही असार ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments