News रारा फाइनलमा, उपाधिका लागि सलहेशसँग भिड्ने
गोलनेपाल

दुहबी । रारा फुटबल क्लब, धनकुटा यहाँ जारी दशौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा राराले बिराटनगर सिटी फुटबल क्लब, मोरङलाई टाइब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । भलुवा खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ राराका लागि पेमा तामाङ र देवेन्द्र तामाङले गोल गरे भने बिराटनगरका लागि हिसुब थपलिया र सौरभ लिम्बुले गोल गरे ।

यद्यपि टाईब्रेकरमा भने राराले बिराटनगरमाथी ४-३ को जित निकाल्दै फाइनल यात्रा तय गर्यो । खेलमा राराका गोलरक्षक प्रदिप भण्डारी म्यान अफ द म्याच घोषित भए ।

राराले अब यही असार ५ गते हुने फाइनलमा सलहेश युवा क्लब, सिराहासँग उपाधिका लागि भिड्नेछ ।

गोल्डेन स्टार युथ क्लब, दुहबी-७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

Post Comments