News
सलहेश दशौं भलुवा गोल्डकपको फाइनलमा

दुहबी । सलहेश युवा क्लब, सिराहा जारी दशौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो सेमिफाइनलमा सलहेशले गढी युथ स्पोर्टिङ क्लब, सुनसरीलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै उपाधी नाजिक पुगेको हो ।
सलहेशको जितमा दुवै गोल अर्माण्ड बिडुमले गरे । खेलको म्यान अफ द म्याच पनि अर्माण्ड णै घोशीत भए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत असार ३ गते सोमबारको दोस्रो सेमिफाइनल खेल रारा फुटबल क्लब, धनकुटा र बिराटनगर सिटी फुटबल क्लब, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।
गोल्डेन स्टार युथ क्लब, दुहबी-७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने असार ४ गतेका दिन हुनेछ ।
Post Comments