News पुलिस स्कुललाई बराह एसइइ कपको उपाधी
गोलनेपाल

बराहक्षेत्र । कठीन जित निकाल्दै बराह एसइइ कप फुटबल प्रतियोगिताको उपाधी नेपाल पुलिस स्कुल, धरानले जितेको छ ।

फाइनलमा सिद्धार्थ इङ्लिस स्कुल, बराहक्षेत्रलाई टाइब्रेकरमा ४-१ ले हराउँदै पुलिस स्कुल च्याम्पियन बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको नेपाल पुलिस स्कुलले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता सिद्धार्थले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

स्काई फुटबल ऎकेडेमी, बराहक्षेत्र-३, सुनसरीको आयोजनामा गत जेठ १९ गतेदेखी शुरु भएको प्रतियोगितामा सुनसरीका कुल २२ वटा बिधालयका फुटबल टिमहरुले सहभागिता जनाएका थिए ।

Post Comments