News झापा ११ एफसीलाई सहिदनगर मेयर कपको उपाधि
गोलनेपाल

बी डिभिजनमा उक्लिएकाे मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले मधेश प्रदेशमा भएको फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।

धनुषाको सहिदनगर नगरपालिकाको यदुकुहामा भएको तेस्रो मेयर कपको फाइनलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई हराउँदै झापा ११ ले उपाधि उचालेको हो ।

झापा ११ ले गाईघाटलाई १-० गोल अन्तरले पराजित गर्दा खेलको ८५औँ मिनेटमा पारस कार्कीले सुन्दर गोल गरे ।

उपाधिसँगै झापा ११ ले नगद एक लाख ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

Post Comments