News हेमजामा अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप सुरु
गोलनेपाल

पोखराको हेमजामा आज देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा सुरु भएको प्रतियोगिताको उद्धघाटन वडा न.२५ हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले गरे । उद्धघाटन खेलमा आयोजक वडा नं२५ हेमजालाई ०–२ गोलको अन्तरले पछि पार्दै वडा न.१ बगरले विजय सुरुवात गरेको छ ।

कार्यक्रममा पोखरा हेमजा हनुमान चोक निवासी सिता सापकोटाले २०७९ माघ १ गते काठामाडौं देखि पोखरा आउदै गरेको यति एयरलायन्सको जहाज दुर्धटनामा परि निधन भएका छोरा स्वः राजन सापकोटा र बुहारी स्वः अनिषा सापकोटाको स्मरणमा हेमजा यूनाईटेड द्धारा संचालन गरिएको फुटबल ऐकेडीमिको लागि २ लाख २२ हजार २ सय २२ रुपया सहयोग गरिन ।

हेमजा युनाईटेडका अध्यक्ष राजेश त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष उमा भुर्तेल पौडेलले संचालन सचिब सुनिल गायकले गरेका थिए । असार ७ गते सम्म जारी रहने अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१को प्रथम पुरस्कार रु १,११,१११ /– र द्धितिय पुरस्कार ५५,५५५ – साथमा ट्रफी,मेडल र प्रमणपत्र रहेको छ ।

साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु ५,००० –,सर्वाधिक गोलकर्ता,गोलरक्षक,डिफेन्डर,मिडफिलड,फरवार्ड लाई प्रत्यक विधामा नगद रु २०००– साथमा ट्रफी प्राप्त गर्ने छन । क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच धोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Post Comments