News पाँचौ थाहा गोल्डकप जेठ ११ देखि
बिक्रम बानियाँ क्षेत्री

थाहा । थाहा नगरपालिका, मकवानपुरको आयोजनामा आउँदो जेठ ११ गतेदेखि पाँचौं थाहा गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । इन्द्रायणी चौर, मकवानपुरमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको छ ।

त्यस्तै प्रतियोगितामा सहभागिताका लागि जेठ ८ गतेसम्म टिमदर्ता खुला गरिएको पनि आयोजकले जानकारी दियो । शिखर क्लब, शिखरकोट, मकवानपुरको व्यवस्थापनमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।

Post Comments