News छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप गौरीटार रंगशालामा हुने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । छैठौ संस्करणको स्थानिय तह शहिद स्मृती मकवानपुर गोल्डकप यस बर्ष मकवानपुरको हेटौडा ६ मा रहेको गौरीटार रंगशालामा हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।

यसअघी पिप्ले क्याम्पा रंगशालामा प्रतियोगिता आयोजना हुदै आएकोमा यस वर्ष भने निर्माणधिन गौरिटार रंगशालामा आयोजना गर्न लागिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले गोलनेपाल डटकमलाई जानकारी दिए । लामाले मकवानपुरको इतिहास बोकेको रगंशाला भएको कारण उक्त रंगशालालाई चिनाउनको लागी यो वर्ष गौरीटार रंगशालामा प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

 
Post Comments