News
अविश्वासको प्रस्ताव अस्विकृत भएपछि एन्फा अध्यक्ष नेम्वाङ नै रहने तय

हेटौडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ नै रहने भएका छन् । बिहीबार हेटौडामा भएको एन्फाको विशेष साधारण सभामा नेम्वाङ विरुद्धको अविश्वासको प्रस्ताव अस्विकृत भएपछि एन्फा अध्यक्षमा नेम्वाङ नै रहने तय भएको हो ।
अध्यक्ष नेम्वाङको वर्खास्तीको विषयमा बिहीबार विवादका बीच निर्वाचन सम्पन्न भएको थियो । मतदानमा खसेको कुल ५३ मध्ये ५२ मत अविश्वासको प्रस्तावको विपक्षमा खसेको थियो भने एक मत बदर भएको थियो । मतदान कार्यक्रममा ३४ जनाले भने सहभागिता जनाएका थिएनन् ।
यो निर्णयसँगै एन्फा अध्यक्ष नेम्वाङले अब आफूमाथिको आरोप र अन्यौलतासँगै एन्फाको विवाद पनि सुल्झिनेमा विश्वास व्यक्त गरे । साथै आउने दिनमा सबैलाई मिलाएर फुटबल विकासमा गम्भिरताका साथ काम गर्ने पनि बताए ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा