काठमाडौं । विश्व फुटबलमा आफूलाई सफलतमक खेलाडीका रुपमा चिनाईसकेका आइभोरी कोष्टका हस्ती फुटबलर तथा स्टार फरवार्ड डिडियर ड्रोग्बा नेपाल आउने भएका छन् ।
ड्रोग्बा नेपाल आउने कुरा बिहीबार नेपाल सुपर लिग )एनएसएल) ले पनि आधिकारिक रुपमा जानकारी गराएको छ । एनएसएलले आफ्नो आधिकारिक पेजमा ड्रोग्बाको पठाएको भिडियो सन्देश पोष्ट गर्दै सो कुराको जानकारी गराएको हो ।
सक्रिय फुटबलबाट सन्यास लिए यता सामाजिक कार्यमा उत्तिकै सक्रिय यी पूर्व चेल्सी स्टारले आफ्नो डिडियर ड्रोग्बा फाउण्डेशन मार्फत हालै नेपालमा गएको भूकम्पपिडितहरुका लागि २० लाख बराबरको सहयोग पनि गर्नेछन् ।
एनएसएलका अनुसार ४५ वर्षिय ड्रोग्बा दोस्रो नेपाल सुपर लिगको उद्घाटन कार्यक्रममा विशेष अतिथीका रुपमा उपस्थिति जनाउने बताइएको छ । यसपटक नेपाल सुपर लिगको उद्घाटन कार्यक्रममा अन्तर्राष्ट्रिय फुटबलका अन्य हस्ती खेलाडीहरु पनि सहभागि हुने अनुमान गरिएको छ ।
स्मरण रहोस, नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि. को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा सुपर लिगको दोस्रो संस्करण यही आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)