News
शेर्पाका सहायक प्रशिक्षक ढुंगाना पनि विदेश प्रस्थान

काठमाडौं । गत सिजनको शहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबको सहायक प्रशिक्षकको रुपमा काम गरेका निशान्त ढुंगाना पनि सुनिश्चित भविष्यका लागि विदेश पलायन भएका छन् ।
नेपालको विभिन्न युथ टोलीबाट समेत खेलिसकेका ढुंगाना अमेरिकातर्फ प्रस्थान गरेका हुन् । घरेलु फुटबलमा पनि जगदम्बा लुम्बिनी एफसी, रुपन्देही–११ जस्ता अन्य थुप्रै क्लबहरुबाट व्यवसायीक फुटबल खेलेका ढुंगाना पछिल्लो समय फुटबल प्रशिक्षणतर्फ लागेका थिए ।
एन्फा एकेडेमी बुटवलका उत्पादन समेत रहेका ढुंगाना कै ब्याचमा अहिलेका चर्चित फरवार्ड बिमल घर्ती मगरदेखि लिएर शिव सुवेदी, गौरव बुढाथोकी, सोजित गुरुङ जस्ता खेलाडीहरु पनि सामेल थिए ।
अमेरिकलाई आफ्नो गन्तव्य बनाए पनि नेपाली फुटबल र फुटबल प्रतिको लगावलाई भने जहाँ रहे पनि कायम राख्ने ढुंगानाले आफ्नो प्रतिक्रिया दिए ।
Post Comments
Related News
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात