काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार तीन खेलहरु सम्पन्न हुँदा त्यसमा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा संकटाले जावलाखेल युथ क्लबलाई ५–० को अन्तरले हरायो । संकटाको जितमा पेम्बा लामाले दुई गोल गरे भने थप तीन गोल सुमित बलम्पाकी, करण बहुल र प्रजल कुमार लुम्रेको नाममा रह्यो ।
त्यस्तै दिनको दोस्रो खेलमा मच्छिन्द्रले एपिएफ फुटबल क्लबलाई ४–१ को अन्तरले पराजित गर्यो । मच्छिन्द्रको जितमा बिकास थापा र सुमन बम ठकुरीले समान दुई–दुई गोल गरे । उता पराजित एपिएफका लागि भने पुजन ढकालले एक मात्र गोल फर्काएका थिए ।
त्यसैगरी आइतबार नै भएको तेस्रो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले एनआरटीलाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हराउँदै आफ्नो खातामा तीन अंक जोड्न सफल भयो ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)