News नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
गोलनेपाल

काठमाडौ । एएफसी महिला एसियन कप छ्नौट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ ।

महिला टोलीलाई विमानस्थलमा एन्फा महासचिव किरन राई, एन्फा प्रवक्ता सुरेश साह लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

यद्यपि टोलीसँगै मुख्य प्रशिक्षक प्याट्रीक डि विल्डे भने नेपाल फर्केका छैनन । विल्डे एसियन कप छ्नौट पश्चात् त्यतैबाट बेल्जियम फर्किएको बताईएको छ ।

स्मरण रहोस, एएफसी महिला एसियन कप छ्नौट प्रतियोगितातर्फ निर्णायक मानिएको खेलमा नेपाल घरेलुु टोली उज्वेकिस्तानसँग पेनाल्टीमा पराजित भएपछी छ्नौट प्रतियोगिताबाट बाहिरिन बाध्य भएको थियो ।

Post Comments