News
आजदेखि राइनो गोल्डकप, शेर्पा र बिरगंज भिड्दै

नवलपुर । राइनो क्लब, मध्यबिन्दु–४ नवलपुरको आयोजनामा आजदेखि पाँचौं राइनो संरक्षण गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ ।
मध्यविन्दु–३ कोल्हुवा स्थित राइनो मिनि स्टेडियममा हुन गईरहेको प्रतियोगिताको उदघाटन खेलमा आज हिमालयन शेर्पा क्लब र बिरगंज युथ एकेडेमी भिड्दै छन् ।
कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने फागुन १५ गतेका दिन हुनेछ ।
Post Comments