
तेह्रथुमको आठराईमा सम्पन्न मदन मेला २०८२ को मदन मेमोरियल खुल्ला पुरूष फुटबलको उपाधि सोधुङ सेन्दाङ समाज र खुल्ला महिला तर्फ म्याङलुङ स्पोर्टिङ क्लबले हात पारेका छन ।
मंगलबार सम्पन्न पुरूष तर्फको फाइनल खेलमा आठराई गाउँपालिका तेह्रथुमलाई १-० गोलले पराजित गर्दै सोधुङ सेन्दाङ समाजले उपाधि जितेको हो । पहिलो हाफको सुरूवाती दोस्रो मिनेटमा अनुप सेन्दाङले गरेको गोल नै निर्णायक गोल बन्यो ।
उपाधि संगै सोधुङ सेन्दाङले २ लाख ५ हजार ५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता आठराई गाउँपालिकाले १ लाख ३० हजार ५५५ सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो । त्यस्तै मंगलबार नै सम्पन्न महिला तर्फको फाइनल खेलमा दोखु युवा क्लब ताप्लेजुङलाई १-० गोलले पराजित गर्दै म्याङलुङ स्पोर्टिङ क्लबले उपाधि हात पार्यो । म्याङलुङका लागि केरेन लिम्बुल् निर्णायक गोल गरिन ।
उपाधि संगै म्याङलुङले ८० हजार ५५५ सहित ट्रफि र उपविजेता दोखु ताप्लेजुङल् ५० हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । मेलामा आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिक सहयोग रहेको थियो।