News जनजागृतिलाई लुम्बिनी प्रदेश लिगको उपाधि
गोलनेपाल

सुर्यनगर । लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि जनजागृति युवा क्लब, बर्दियाले जितेको छ । शुक्रबार भएको फाइनलमा जनजागृतिले फर्साटिकर युवा क्लब, रुपन्देहीलाई १–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

बर्दघाट नगरपालिका–१६ सुर्यनगर स्थित सुर्यनगर रंगशालामा भएको फाइनल खेलमा जनजागृतिका लागि सुनिल आलेले एक मात्र निर्णायक गोल गरे । विजेता बनेको जनजागृतिले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता फर्साटिकरले १,११,१११ रुपैयाँस्हित ट्रफी मेडलमा चित्त बुझायो ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर खेसी (कुमार), लुम्बिनी प्रदेश फुटबल संघका महासचिव भिमकाजी गुरुङ्ग लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments