
फापरबारी । दावेदार मध्ये एक संकटा क्लब यहाँ जारी पाँचौ बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली मकवानपुर–११ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै संकटा लगातार दोस्रो उपाधि नजिक पुगेको हो ।
बागमती गाउँपालिका–८ फापरबारी स्थित जनता माविको खेलमैदानमा भएको खेलमा संकटाका लागि दुवै गोल एन्डेभ थिएरीले गरे । उनले पहिलो गोल १६औं मिनटमा गरे भने दोस्रो गोल ६२औं मिनटमा गरे । रक्षात्मक खेल्ने थिएरीले दुवै गोल हेडमार्फत गरेका थिए ।
निर्णायक बनेका थिएरी खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । संकटाले अब फाइनलमा माघ ३ गतेका दिन भुटनिज युथ स्पोर्टस क्लब, अमेरिकासँग खेल्नेछ । यी दुवै टोलीबीचको यो लगातार दोस्रो फाइनल भेट हुनेछ ।
यसअघि यी दुई टोली भर्खरै पोखरामा सम्पन्न २२औं आहा! रारा गोल्डकपको फाइनलमा भिडेका थिए । त्यतिबेला संकटाले आफ्नो पक्षमा नतिजा निकाल्दै विजेता बन्न सफल भएको थियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेता ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा