
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई भारतमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) ले प्रस्ताव गरेको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्प्mा) को बैठकले यो कुराको पुष्टी समेत गरेको छ । एन्फाका अनुसार भारतले आउँदो फेब्रुअरीको १३ देखि २५ तारीखसम्म हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि नेपाललाई प्रस्ताव गरेको हो । साथै एन्फाले भारतको यो प्रस्ताव स्वीकार समेत गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले अन्य विविध विषयहरुमा पनि छलफल र निर्णय गरेको छ ।
एन्फाले आउँदो फागुन १९ गतेदेखि शहिद स्मारक ए डिभिजन लिग र चैत्र १५ गतेदेखि बी डिभिजन लिग निर्धारित योजना अनुसार नै शुरु गर्ने स्पष्ट पारेको छ । त्यस्तै बैठकले अध्यक्ष नेम्वाङको संयोजकत्वमा लिग संचालन समिति समेत गठन गरेको छ ।
त्यसैगरीले बैठकले शहिद स्मारक ए डिभिजन लिगको टिकट मुल्य पनि तोकेको छ । जसअनुसार भिआइपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ टिकट मुल्य तोकेको छ । त्यस्तै बी र सी डिभिजन लिगको टिकट मुल्य भने १ सय तोकेको छ ।
बैठकले लिगको लागि टिकेटिङ अधिकार, शिर्षक प्रायोजक बाहेक मोर्केटिङ ् कमर्शियल अधिकारका लागि टेण्डर आह्वान गर्ने निर्णय गरेको छ । त्यस्तै लिगको प्रसारण अधिकारका लागि पनि टेण्डर आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।
त्यति मात्र नभएर लिग आयोजनाका लागि आवश्यक पर्ने सेवा तथा सामग्रीका लागि टेण्डर आह्वान गर्ने एन्फाले निर्णय गरेको छ ।
हेर्नुहोस एन्फा बैठकले गरेको निर्णयहरुः
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग