News
पाँचौं एसइइ फुटसल च्याम्पियनसिप हुने

काठमाडौं । क्याम्पियन एकेडेमीको आयोजनामा यहि आउँदो जेष्ठ १६ गते पाँचौं एसइइ फुटसल च्याम्पियनसिप हुने भएको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा हालै एसइइ दिएर बसेका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
लगनखेल स्थित क्याम्पियन फुटसलमा हुने प्रतियोगितामा सहभागिताका लागि इच्छुक टोलीहरुलाई टिम दर्ता शुल्क ३ हजार तोकिएको छ । सिजी एजुकेशनको व्यवस्थापनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार प्राप्त गर्नेछ ।
Post Comments