News
हिमालयन एफसीलाई फुटसल उपाधि

काठमाडौं । बुद्ध चोक क्लब, नागार्जुन–२, काठमाडौंको आयोजनामा सम्पन्न फाईभ ए साईड खुला फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसीले जितेको छ ।
फाइनलमा हिमालयनले फुटसल फाईभ टिमलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । विजेता बनेको हिमालयनले उपाधिसहित नगद ९९,९९९ रुपैयाँ हात पार्दा उपविजेता फुटसल फाईभले ४९,९९९ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
विधागततर्फ फुटसल फाईभका विजय श्रेष्ठ प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक दिपेश श्रेष्ठ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार हिमालयनका मुस्कान तामाङले हात पारे । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
Post Comments
Related News
- आस्था समूहलाई बेष्ट लाईफ फुटसल कपको उपाधि
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- ओखलढुंगा ओपन फुटसल टुर्नामेन्ट "काठमाडौं संस्करण" असार २८ गतेदेखि
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने