News आयोजकलाई चौथो एकतप्पा महिला गोल्डकपको उपाधि
रमेश समदर्शी

एकतप्पा, इलाम । पाँचथरको एमपीसी एफसीलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक क्रिएटिभ सोसियल स्पोर्टिङ एफसी सिकारी भञ्ज्याङमा आयोजित चौथो एकतप्पा गोल्डकपको च्याम्पियन बनेको छ ।

स्थानीय सिंहदेवी माविको खेलमैदानमा आज भएको फाइनल खेलमा आयोजकले पाँचथरे टोलीलाई टाइब्रेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

Post Comments