News उर्लाबारीको योङ ब्वाइजलाई एकतप्पा गोल्डकपको उपाधि
रमेश समदर्शी

एकतप्पा, इलाम । पोखरी एफसीको चुनौती समाप्त गर्दै मोरङ उर्लाबारीको योङ ब्वाइज एफसी इलामको फाकफोकथुम ७ स्थित सिकारी भञ्ज्याङमा आयोजित चौथो एकतप्पा गोल्डकपको च्याम्पियन बनेको छ ।

स्थानीय सिंहदेवी माविको खेलमैदानमा आज भएको फाइनल खेलमा पोखरी युथलाई सडनडेथमा पराजित गरेर उर्लाबारीले उपाधि चुमेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पनि बराबरी गोल भएपछि खेल सडनडेथमा पुगेको थियो । खेल सुरु भएको ३ मिनेटमै बबिन बोहोराले गोल गर्दै उर्लाबारीलाई अग्रता दिलाएका थिए । तर, ३१औँ मिनेटमा पोखरीका लागि आयुश सुब्बाले बराबरी गोल फर्काएका थिए । सडनडेथमा भने उर्लाबारी ५-४ गोलको नतिजाबाट भाग्यमानी सावित भयो ।

Post Comments