
हेटौडा । शुक्रबारदेखि मकवानपुरको व्यस्त शहर हेटौडामा शुरु भिडोल बिजय युथ हेटौडा गोल्डकपमा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबले बिजयी शुरुवात गरेको छ ।
हेटौडा स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा भरतपुरले घरेलु टोली मकवानपुर–११ लाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
खेलको पाँचौं मिनटमै जोना ग्लोरीको गोलबाट भरतपुरले खेलमा अग्रता बनाएको थियो । यद्यपि खेलको १२औं मिनटमा ऋषि लामाले मकवानपुरका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।
तर मकवानपुरले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । उता पहिलो हाफकै अन्तिम मिनटतिर भरतपुरका लागि रञ्जित आले मगरले दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो ।
खेलको म्यान अफ द म्याच पनि रञ्जित आले मगर नै घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे । यो जितसँगै भरतपुर प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत माघ १७ गते शनिबारको खेल बिरगंज युथ एकेडेमी र दुधौली स्पोर्टस क्लब, सिन्धुलीबीच हुने प्रतियोगिता संयोजक सुदिप राजवाहकले जानकारी दिए ।
यसअघि शुक्रबार प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच हेटौडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले गरेकी थिईन् । विजय युथ क्लब हेटौंडाको आयोजनामा सुरु भएको प्रतियोगितामा दश टोलीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि माघ २३ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा