स्पेन र पोर्चुगल प्रिक्वाटरफाइनलमा भिड्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पूर्व विश्व च्याम्पियन स्पेन र दावेदार मध्ये एकका रुपमा हेरिएको पोर्चुगल फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनल मै भिड्ने भएका छन् ।

अन्तिम ३२ को खेलतर्फ स्पेनले अष्ट्रियालाई ३–० ले हराउँदा पोर्चुगलले क्रोएशियाको चुनौति २–१ ले समाप्त पार्यो । अब यी दुई टोली जुलाई ६ तारीखका दिन प्रिक्वाटरफाइनल खेल्नेछन् ।

स्पेन र पोर्चुगल फिफा विश्वकपमा अन्तिमपटक सन् २०१८ को विश्वकपको भिडेका थिए । समूह चरणमा आमने सामने भएका यी दुई टोलीबीचको खेल ३–३ गोलको रोमाञ्चक बराबरीमा सकिएको थियो ।

त्यस्तै शुक्रबार बिहान सम्पन्न अर्को खेलमा स्वीजरल्याण्डले अल्जेरियालाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान सुनिश्चित गर्यो । स्वीजरल्याण्डले ७ जुलाईका दिन हुने प्रिक्वाटरफाइनलमा कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ । स्मरण रहोस, कोलम्बिया र घाना शनिबार बिहान अन्तिम ३२ को खेलमा भिड्दै छन् ।

 

Post Comments