News नव एकता कपः डिएस युनाइटेड र डिफको जित
सुरज राना मगर

दिपनगर । डिएस युनाइटेड र डिफ फुटबल क्लब रुपन्देहीमा जारी नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न दिनको पहिलो खेलमा डिएस युनाइटेडले डिएमसी (ए) लाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा डिएस युनाइटेडका पुरन पल्ली म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो खेलमा डिफ एफसीले एडरिक फुटसललाई टाईब्रेकरमा ३–२ ले पराजित गर्यो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा डिफ एफसीका निर्मल बोहरा म्यान अफ द म्याच चुनिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर तथा प्रदिपनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।

 

Post Comments