
काठमाडौं । रोमाञ्चक र प्रतिस्र्धात्मक जितका साथ तेस्रो नेपाल सुपर लिगको उपाधि साविक विजेता ललितपुर सिटी फुटबल क्लबले जित्दै उपाधि रक्षा गर्न सफल भएको छ ।
शनिबार भएको उपाधि भिडन्त फाइनल खेलमा ललितपुरले पोखरा थन्डर्स एफसीलाई २–१ ले हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा शुरुवाती अग्रता ललितपुरले नै लिएको थियो ।
खेलको ४२औं मिनटमा इमोह इजिकेलको गोलबाट ललितपुरले अग्रता बनाए तापनि त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । दोस्रो हाफको ६४औं मिनटमा सुदिल राईले पोखराका लागि बराबरी गोल फर्काए ।
रोमाञ्चक बनेको दोस्रो हाफको खेलमा पोखराले त्यो बराबरी गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । ७४औं मिनटमा पापा केबेले ललितपुरका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरे ।
विजेता बनेको ललितपुरले लिग उपाधिसहित ८० लाख हात पार्ने पक्का भएको छ । त्यस्तै उपविजेता पोखराले भने ३० लाखमा चित्त बुझाउने तय भएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै