News क्यान्सर पिडितलाई लिस्नुको सहयोग
सुरज राना मगर

कोटिहवा । फुटबल र सामाजिक कार्यमा उत्तिकै सक्रिय रुपन्देहीको प्ररिचित र पुरानो क्लब मध्ये एक लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाले सामाजिक जिम्मेवारीलाई निरन्तरता दिने कार्यलाई यथावत राखेको छ ।

बिगत केही समयदेखि ब्लड क्यान्सर जस्तो घातक रोगबाट थलिएका तिलोत्तमा नगरपालिका–१६ बोहिया डाँडा निवासी सिद्धार्थ गुरुङ्गलाई लिस्नुले उपचार खर्च वापत केही रकम आर्थिक सहयोग गरेको छ ।

क्लबका अध्यक्ष तिर्थराज मल्ल, उपाध्यक्ष नेम गुरुङ्ग, कृष्ण गुरुङ्ग लगायतका पदाधिकारीहरुले सिद्धार्थ गुरुङ्गको घरमै पुगी उनको परिवारलाई क्लबको तर्फबाट ४० हजार नगद आर्थिक सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण गर्दै लिस्नु क्लबका अध्यक्ष तिर्थराज मल्लले क्लबले वार्षिक रुपमै सामाजिक जिम्मेवारी बहन गर्दै आएकोले गाउँ समाजमा आइपर्ने कतिपय कठिनाईहरुमा आफूहरु सधै सहयोग र सहकार्य गर्न तत्पर रहेको बताए ।

स्मरण रहोस, लिस्नु युवा क्लबले मोफसल कै परिचित, पुरानो र प्रतिष्ठित मध्ये एक लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिता समेत आयोजना गर्दै आईरहेको छ ।

 

Post Comments