News
मसुरिया एफए फाइनलमा, उपाधिका लागि लम्की फुटसलसँग भिड्ने

सुखड । मसुरिया फुटबल एकेडेमी यहाँ जारी प्रथम वडा अध्यक्ष कप यु–२० नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा मसुरियाले बाघमारा स्पोर्टस क्लबलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा मसुरियाका नरेश बडेला म्यान अफ दि म्याच घोषित भए ।
मसुरियाले अब यही चैत्र २३ गते हुने फाइनलमा लम्की फुटसल एण्ड ट्रेनिङ सेन्टरसँग उपाधिका लागि भिड्नेछ । घोडाघोडी क्लब, सुखड, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।
Post Comments