News १५औं जितपुरसिमरा गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

जितपुरसिमरा । “जितपुरसिमरा उपमहानगरपालिकाको पहिचान हाम्रो गौरव” भन्ने नाराका साथ यही चैत्र २२ देखि २९ गतेसम्म हुने १५औं जितपुरसिमरा गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।

सिमरा रंगशालामा कृत्रिम प्रकाश (फ्लड लाईट) मा रात्रीकालिन रुपमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत्र २२ गते शुक्रबारका दिन हनामी बिएफसी, चितवन र सलहेश युवा क्लब, सिरहा भिड्ने छन् ।

नव जनजाृति युवा क्लब, जितपुरसिमरा, बाराको आयोजना तथा जितपुरसिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए ।

 

 

Post Comments